खोटाङको जारी मत गणनामा प्रतिनिधिसभातर्फ बामलोकतान्त्रिक गठबन्धन उम्मेदवारले अग्रता लिएका छन्। प्रदेशसभा (क) मा भने पछिल्ले समय एमालेले अग्रता लिएको छ।
प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई (पासाङ) ले १२ हजार १ सय २७ मत पाएका छन्। एमालेका विशाल भट्टराईले ११ हजार ३ सय १ मत ल्याएका छन्। २५ हजार ९ सय १० मत गणना गर्दा भट्राईभन्दा पासाङले ८ सय २६ तले बढी मत पाईरहेका छन्।
सूरुवाती चरणदेखि गठबन्धन अघि रहेको खोटाङमा प्रदेश (क) मा भने एमालेका पाँचकर्ण राई (पिके) ले अग्रता लिएका छन्। पिकेले १० हजार ५ सय १३ मत पाउँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका वीरबलकाजी राईले ९ हजार ४ सय १८ मत पाईरहेका छन्। सो क्षेत्रमा एमालेले एकीकृत समाजवादीभन्दा १ हजार ९५ मतले अग्रता लिएको छ।
उता (ख) मा भने गठबन्धनकै अग्रता रहेको छ। काँग्रेसका उम्मेदवार भूपेन्द्र राईले १३ हजार ७ सय ५५ मत पाएका छन् भने एमालेका रामप्रसाद दंगालले १२ हजार ५ सय ७९ मत लिएका छन्। काँग्रेसले एमालेभन्दा १ हजार १ सय ७६ मत बढी ल्याएर अग्रता कायम राखेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।