गाईघाटलाई खोटाङ सदरमुकाम दिक्तेलसँग सोझो याताायतले जोड्ने सगरमाथा लोकमार्गको एक मात्र नाका फोक्सिन्टारमा बेलिब्रीज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
खोटाङको खोटेहाङ गाउँपालिकामा सम्पन्न छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-०८१ मा भगवती मावि खोटाङ बजार र सिमपानी माविले समान १५–१५ अङ्क हासिल गर्दै रनिङ शिल्ड साझेदारी गरेका छन्।
नेपाली सेनाको पशुपतिप्रसाद गणले आज (आइतबार) देखि पैदलयात्रा सुरु गर्ने भएको छ। सेनाले पुरानो सदरमुकाम उदयपुरगढीदेखि विभिन्न भूगोल चहार्दै जिल्लाका दुई गढी क्षेत्रमा पैदलयात्रा गर्न लागेको हो।
उदयपुरको लिमचुङबुङ गाउँपालिका–५ जाँतेका केशवकुमार थापा (नायब सुब्बा) ले आफ्नो नियमित सरकारी जागिरको समयबाहेक व्यावसायिक कागती खेतीमार्फत लोभलाग्दो आमदानी गर्दै आएका छन्।