जीवनको रङ्ग
०२ पौष २०७७
•
१ मिनेट पाठ
जीवनको रङ्ग

प्रेम राई परीक्षित 

 




जीवनको  

रङ्ग बदल्न खोज्छु

जीवनले फेरि पनि

आफैंलाई रङ्ग्याइदिन्छ

आफ्नै रङ्गहरूले

लत्पताईलत्पताई पोतिरहन्छ

बेढङ्गका रङहरूले

मन परोस् ,

एकोहोरो स्विकारिरहन्छु

जीवनका रङ्गहरू

सायद मन नपरेको कपडाको

रङ्ग अनि बुट्टा हो जीवन

रङ्गाउन खोज्छु

जीवनलाई आफ्नै रङ्गहरूमा

तर जीवन आफ्नै पारामा

एकोहोरो रङ्गिरहन्छ

सायद, जीवन धेरै रङ मिसिएर

बनेको बेरङ्गीपन हो

म खैरो रङ्ग मन पराउँछु

तर ऊ धेरै रङ्ग मिसाएर

मलाई बेरङ्ग बेरङ्ग बनाइदिन्छ

सानी नानीले रङ्गमा हात चोपेर

छ्याप–छ्याप  

क्यानभास रङ्गाएझैं  

मलाई विचित्रको चित्र बनाइदिन्छ

कसैले नबुझ्ने  

मलाई अब्स्ट्र्याक्ट चित्र बनाइदिन्छ

लाग्छ, जीवन अबोध बच्चाले

क्यानभासमा जताततै पोतेको  

नबुझिने एउटा अब्स्ट्र्याक्ट चित्र हो

म जीवनको रङ्ग  

आफै निर्माण गर्छु

धमिलो क्यानभासमा

जीवनको सुकिलो आकाश खोज्छु

दृष्टिकोणको कुची चोपेर

जीवनको सुन्दरता पोत्छु

तर जीवन फेरि पनि

ममाथि षडयन्त्र गरिरहन्छ

ममाथि एकछिन इन्द्रेनी छरेर

मलाई एकैछिन रङ्गीन बनाइदिन्छ

सायद,जीवन बेरङ्कोहरू रङ्ग हो

म समर्पणको भाषा बुझ्छु

तर आत्मसमर्पण बुझ्दिन

लडाइँ चलिरहेछ

अन्तिम लडाइँ अस्तित्वको

कि म आफ्नै रङ्गहरूमा  

जीवनको रङ्गहरू मिसाउन सकूँ

आफ्नै बाटाहरूमा

जीवनलाई डोरिन बाध्य पारूँ

अनि जीवनको सुन्दरता

आफ्नै हातहरूले अनुभूत गर्न सिकूँ

आफ्नै मनले स्पर्श गर्न सिकूँ

कि जीवन जति घोट्यो त्यति चम्किने  

हिराको रङ्ग पो रहेछ।
अर्को समाचार
कोरोना र हाम्रो जीवन
१८ असार २०७७
•
१ मिनेट पाठ
कोरोना र हाम्रो जीवन
दीक्षा रायमाझी
दीक्षा रायमाझी




कक्षा –९, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू,काठमाडौं ।

आजभोलि,

किन सूर्य उदाउनु अघि धमिलिँदै छ ?

किन डुबिरहेका छन् आशाहरु ? 

किन छुटिरहेका छन् साथहरु ?

किन न्यास्रिरहेका छन् केटाकेटीहरु ?

किन पुराना दिनहरुले अनायासै छोप्छ ?

किन उदास छन् चराचुरुङ्गीहरु ?

किन सुनसान छन् घर आँगनहरू ?  

आफ्ना इच्छा, मोह र अहङ्कारको भुमरीले

संसारलाई त्यो कालो जालमा फसाई  

आज एकले  

अनेक र अनेकले  

हरेकलाई,  

चार भित्ताको कोठामा जेलिएर

भोक र प्यासले  

होसमा पनि बेहोस यो तन

आफन्तको  लास एकाएक ढल्दा पनि  

लाचार स्वयम्

दुई हात जोडेर  

जीवनको भिक माग्दा

रसाएका यी नयन।

अब,

यो रूखो तनलाई  धैर्यको हरियालीले भरेर

यो आजित मनमा सतर्कताको बीज छरेर

कालो रङ्गले पोतिएको जीवनको क्यानभासमा  

आत्मविश्वासको नयाँ रङ्ग कोरेर,

सबैको जीवन रङ्गाउनु छ।

यो हृदयघाती कोरोनालाई बिदा दिएर  

यो विश्वमा नयाँ बिहानी ल्याउनु छ।  

प्रकृतिको रक्षा गरी  

मानव मनलाई हँसाउनु छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस