मध्यरातमा गाँजा तस्करी हुने गरेको रहस्य खुलेको छ । रौतहटमा गाँजा उत्पादन नभए पनि रौतहटबाट गाँजाको ठुलो परिमाणमा तस्करी हुने गरेको देखिएको छ । मध्यरातमा रौतहट प्रहरीले ठुलो परिमाणमा गाँजा फेला पारेपछि गाँजाको तस्करी हुने गरेको रहस्य खुलेको हो ।
गौर नगरपालिका ४ स्थित झोलुंगे पुलको बाटो हुँदै भारततिर लागू औषध गाँजाको तस्करीको सूचना प्रहरीले पाएपछि मध्यरातमा केराबारीमा लुकेर बसेको प्रहरीले सय किलोभन्दा बढी गाँजा बरामद गरेको छ । राति करिब पौनो दुई बजेको समयमा चार जाना मानिसहरु टाउकोमा बोरा राखी भारततर्फ गइरहेको अवस्थामा प्रहरीलाई देखेपछि बोरा फालेर फरार भएका थिए ।
भाग्ने क्रममा बालुवामा भाग्न नसकी एक जना युवक लड्न पुगेको थियो । लडेका युवकलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको खल्तीबाट आठ एमएम केएफ लेखिएको तीन थान लाइभ गोली बरामद बरामद भएको छ । यसैगरी प्रहरीले खोजतलास गर्दा युवक लडेको ठाउँमा नजिकै लाइभ गोली लोड गरेको अवस्थामा भूइँमा एउटा कटुवा पेस्तोल पनि बरामद गरेको छ ।
अन्य फरार मानिसहरुले फालेको चारओटा बोरामा ससाना ११ वटा पोकाभित्र १०९ किलोग्राम गाँजाजस्तो देखिने वस्तु फेला परेको रौतहट प्रहरीले जनाएको छ ।
पक्राउ परेको युवक गौर नगरपालिका ४ टिकुलियाका २१ वर्षीय सावन गिरी भएको र उनलाई मंगलबार अदालतमा बुझाई अदालतबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्हरी कार्यालय रौतहटका सहप्रवक्ता तथा सूचना अधिकारी प्रनि उमाशंकर प्रसादले जानकारी गराएका छन् ।
उदयपुर। उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
शनिबार साँझ सुराकीका आधारमा उनीहरुलाई नियत्तणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
त्रियुगा नगरपालिका ३ मोतिगडास्थित लिलबहादुर शाहीको घरबाट उनीहरुलाई ३ बुक तास र झण्डै ५४ हजार नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मोतिगडाका घरधनी ५२ वर्षीय लिलबहादुर शाही, सोही ठाउँका ५४ वर्षीय भुपेन्द्र दाहाल, ५३ वर्षकै छविला विक, ४३ वर्षीय मनोज चौधरी, ४४ वर्र्षीय भुपेन्द्र कार्की, ५६ वर्षीय शोक मल्ल ठकुरी छन्।
त्यसैगरि त्रिनपा ४ का ५४ वर्षीय ईन्द्रबहादुर मगर, त्रिनपा १२ का ४० वर्षीय खेमराज दाहाल, सोही वडाका ३७ वर्षीय कुमार थापा, त्रिनपा ११ का ५४ वर्षीय प्रेम केसीलाई पनि नियन्त्रणमा लिइएको छ। उनीहरुको साथबाट ६ बुक तास र ५३ हजार ९ सय ९० रुपैँया नगदसमेत बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरुलाई जुवा ऐन अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। आईतबार सार्वजनिक बिदा परेकाले सोमबार जिल्ला अदालतबाट म्याद थपेर थप कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी बमले बताए।