७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

कपालीलाई खेलाडी छनोटको जिम्मेवारी

नेपाली राष्ट्रिय टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गर्ने जिम्मेवारी पाएका छन्।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कपालीलाई खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको हो। सदस्यसचिव स्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा तीन सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको छ।

सदस्यमा नायब वरिष्ठ टेबल टेनिस प्रशिक्षकद्वय मोहनदास वासुकला र सञ्जीव ढुंगेल छन्। यो समितिले जिम्मेवारी पाएको पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता हो। यस किसिमको प्रतियोगिता नेपालमै पहिलो पटक हुँदै छ।

यो छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुनेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी पाँच राष्ट्रबाट समान दुई पुरुष/महिला गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यो समितिको अर्को जिम्मेवारी दक्षिण एसियाली जुनियर टेबल टेनिस प्रतियोगिताका लागि छनोट हो। नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ गतेसम्म हुनेछ। 

प्रकाशित: २७ वैशाख २०८१ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App