७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

हेटौंडा सेमिफाइनलमा

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगितामा बुधबार नै सेमिफाइनलसँगै उपाधि भिडन्त हुने भएको छ।

घरेलु टोली महाङ्काल गाउँपालिका र थाहा नगरपालिकाबीचको विजेताले बुधबार उपाधि भिडन्तका लागि हेटौंडा उपमहानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार नै फाइनल समीकरण पूरा हुने तय थियो। तर, वर्षाका कारण दोस्रो सेमिफाइनल खेल हुन सकेन। राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दोस्रो सेमिफाइनल र फाइनल खेल बुधबार हुने जानकारी दिए। यसअघि बेस्ट अफ थ्रीमा प्रतिस्पर्धा भए पनि सेमिफाइनलदेखि भने बेस्ट अफ फाइभमा खेल हुने तय थियो।

ललितपुरको महाङ्काल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा महाङ्काल र थाहा नगरपालिकाबीचको खेल प्रभावित हुन पुग्यो। महाङ्कालले पहिलो दुई सेट आफ्नो पक्षमा पार्दै थाहाविरुद्ध दबाब बनायो। तर, वर्षाका कारण खेल हुन सकेन। त्यसअघि पहिलो सेमिफाइनलमा हेटांैडाले सिन्धुलीको घ्याङलेख गाउँपालिकालाई ३–१ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो। हेटौंडाले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट घ्याङलेखले २५–२३ ले जित्दै पुनरागमनको संकेत गर्‍यो। तथापि, हेटौंडाले लक्ष्य पूरा हुन दिएन।

त्यसपछि हेटौडाले तेस्रो र चौथो सेट क्रमशः २५–१८ र २५–१५ ले आफ्नो बनाउँदै उपाधि भिडन्त तय गर्‍यो। १६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रूपैयाँ रहेको छ। प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुने दुई टोलीले समान १/१ लाख रूपैयाँ पाउनेछन्। उत्कृष्ट प्रशिक्षक र विधागत उत्कृष्ट पाँच खेलाडीलाई जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलेले जानकारी दिइन्  प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ।

प्रकाशित: २६ वैशाख २०८१ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App