६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आईपीएलमा सञ्जुको राजस्थान र ऋषभको दिल्ली आमनेसामने

इन्डिय प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थान जारी सिजनको बलियो टिम छ भने ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली कमजोर टिम हो। आजको खेलमा राजस्थानले जित हात पारे प्ले अफमा पुग्ने छ भने दिल्लीको प्ले अफमा पुग्ने सम्भावना कमजोर छ। यसअघि २८ मार्चमा भएको खेलमा राजस्थानले दिल्लीमाथि १२ रनको जित निकालेको थियो। 

आजको खेलमा दिल्लीका कप्तान पन्त, मुकेश कुमार, ट्रिस्टन स्टब्स र कुलदिप यादवमाथि सबैको नजर रहने छ भने राजस्थानका कप्तान सैमसनसहित रियान पराग, युजवेन्द्र चहल र अवेज खानमाथि पनि सबैको नजर रहने छ।

हालसम्म १० खेल खेलेको राजस्थानले ८ मा जित हात पारेको छ र अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने दिल्लीले ११ खेलमध्ये ६ मा जित हात पारेको छ। र, अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ।

प्रकाशित: २५ वैशाख २०८१ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App