६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आईपीएलमा आज मुम्बई र हैदरावाद भिड्दै, कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ।

मुम्बईको वानखेडे स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई जारी सिजनको सबैभन्दा कमजोर टिम बनेको छ। हालसम्म ११ खेल खेलेको मुम्बईले जम्मा ३ खेलमा जित हात पारेको छ भने अङ्क तालिकाको पुछारमा रहेको छ।

प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद भने राम्रो प्रदर्शन गर्दै आएको छ। हलसम्म १० खेल खेलेको हैदरावादले ६ खेलमा जित हात पारेको छ। र, अङ्क तालिकाको चौथो स्थानमा रहेको छ।

यसअघि दुबै टोलीबीच २७ मार्चमा खेल भएको थियो। जसमा हैदरावादले मुम्बईलाई ३१ रनले पराजित गरेको थियो। दुबै टोलीमा विस्फोटक ब्याट्सम्यान भएका कारण आजको खेलमा कसले जित हात पार्ला भन्ने रोमाञ्चक हुनेछ।

हालसम्म दुबै टिमबीच २२ म्याच भएका छन्। जसमा मुम्बईले १२ खेलमा जित हात पार्दा हैदरावादले १० खेल जितेको छ।

आजको खेलमा मुम्बईका तिलक वर्मा, जसप्रित बुमराह, जेराल्ड कोएत्जी र रोहित शर्मामाथि नजर रहने छ भने हैदरावादका हेनरिक क्लासेन, ट्रेविस हेड, प्याट कमिन्स र टी नारायणन्माथि नजर रहने छ।

प्रकाशित: २४ वैशाख २०८१ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App