५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

अर्धशतक बनाएर आउट भए अनिल

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको जारी अन्तिम खेलमा नेपालका लागि अनिल साहले पनि अर्धशतक प्रहार गरेका छन्। उनले ४१ बलमा ५० रन पुरा गरेका हुन्। यस क्रममा उनले ४ चौका र २ छक्का प्रहर गरे।

अर्धशतक पूरा भएसँगै उनी पनि आउट भएका छन्। उनी ५८ रन बनाएर आउट भए।  

यसअघि आशिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए। उनी ३५ बलमा ५१ रन बनाएर आउट भएका थिए। उनलाई म्याथ्यू फोर्डले क्याच आउट गराएका हुन्। उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका थिए।

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो।

हाल १७ ओभरको खेल चलिरहँदा नेपाल ३ विकेटको क्षतिमा १४२ रन बनाएर खेलिरहेको छ। अनिल शाहलाई क्रजमा कुशल मल्लले साथ दिइरहेका छन्।

प्रकाशित: २२ वैशाख २०८१ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App