५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

सोमपाल र सागरको घातक बलिङ

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको हो।

क्यारेबियन टोलीका लागि एलिक अथानाजले नटआउट ४२, क्याप्टेन रोस्टन चेजले ३३, जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए।

भ्रमणकारी टोलीविरुद्धको शृंखलाको अन्तिम खेलमा घातक बलिङ गर्दै सोमपाल कामी र सागर ढकालले ३-३ विकेट लिए।

आफ्नो स्पेलमा सोमपालले मात्र १६ रन खर्चिएर ३ विकेट लिए। २ ओभरमात्र बलिङ गरेका स्पिनर सागरले ३ विकेट लिन मात्र १७ रन खर्चे। अभिनाश बोहोराको नाममा एक विकेट रह्यो।

पाँच खेलका शृंखलामा क्यारेबियन टोली ३-१ ले अघि छ। 

प्रकाशित: २२ वैशाख २०८१ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App