टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज 'ए' ले नेपालसामु २१० रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०९ रनको उच्च योगफल तयार पारेको थियो । विष्फोटक ब्याटिङ गरेका एन्ड्री फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्काको मद्दतमा नटआउट ८४ रन बनाए। जोनसन चाल्र्सले ५८ रन बनाउँदा फाबियन एलन ३३ रनमा नटआउट रहे।
नेपालका लागि कुशल भुर्तेलले २ र प्रतिश जिसीले एक विकेट लिए। ललित राजवंशी, अविनाश बोहोरा र गुल्शन झा भने नराम्ररी चुटिएका थिए।
पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २(१ ले अघि छ। बिहीबारको खेलमा पनि जित निकाल्न सके उसले एक खेल अगावै शृंखला कब्जा गर्नेछ।
प्रकाशित: २० वैशाख २०८१ १३:५८ बिहीबार