५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसलिे टस जितेर ब्याटिङ रोजेका हुन्। आजको खेलमा नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्दैछन्। आजको खेलमा रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसी मैदानमा देखिने छैनन्। खेल अहिले १२ः१५ बजेबाट सुरु हुदैछ।

हालसम्मको अवस्थामा दुबै टोली १–१ को स्थितिमा रहेको छ।

पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।

आजको खेलमा जित निकाल्दै दुबै टोली सिरिजमा अघि बढ्न चाहन्छ।

यस्तो छ नेपालको प्लेइङ ११

लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी।

प्रकाशित: १९ वैशाख २०८१ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App