५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

मुम्बईमाथि लखनउको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले जित हात पारेको छ।

लखनउस्थित अटल बिहारी बाजपेयी मैदानमा मङ्गलवार सम्पन्न खेलमा लखनउले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको मुम्बईले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १४४ रन बनायो। १४५ रनको लक्ष्यसहित मैदान उत्रेको लखनउले निर्धारित ओभरको ४ बल बाँकी छदै ६ विकेट गुमाएर जित हासिल गर्‍यो। 

लखनउको जितका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए भने कप्तान केएल राहलुले २८ रनको पारी खेले।

त्यसअघि मुम्बईका लागि नेहल वधेराले सर्वाधिक ४६ रन बनाउँदा टिम डेविडले ३५ अनि ईशान किसले ३२ रन जोडे।

मुम्बईलाई सस्तोमै समेट्न लखनउका मोहसिन खानले २ विकेट लिए भने मार्कस स्टोइनिस, नविन उल हक, मयंक यादव र रवि विश्नोइले समान १÷१ विकेट हात पारे। जितसँगै लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने मुम्बई पुछारबाट दोस्रो स्थानमै यथावत रहेको छ।

प्रकाशित: १९ वैशाख २०८१ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App