५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

लुम्बिनीलाई उपाधि

पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले पाँच विकेट लिए भने नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एकएक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै ११६ रनको योगफल बनाएको थियो। लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए। उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे।

विराट भण्डारीले २३ बलमा २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाए। कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले समान दुईदुई विकेट लिए। त्यस्तै प्रकाश जैशीले एक विकेट झारे। यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान ८ अंक जोडेका थिए। नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए।

प्रकाशित: १८ वैशाख २०८१ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App