३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालकाे हारपछि प्रशिक्षक मोन्टीले भने: खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ

फाइल तस्बिर

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताएका छन्।

वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आइतबार हार व्यहोरेपछि प्रशिक्षक मोन्टीले सो धारणा व्यक्त गरेका हुन्। बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद् रहेको बताए। 

प्रशिक्षक मोन्टीले राम्रो सुरुवात गरे पनि लोकेश बमको क्रयाम्पपछि मोमेन्टन चेन्ज भएको प्रतिक्रिया दिए। पावर प्लेमा छिटै विकेट पतन हुँदा दबाबमा परेको उनको भनाइ छ। तर त्यो दबाब नेपालले अझै राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाइ छ।

प्रशिक्षक मोन्टीले ट्वान्टी–२० मा यस्तो अवस्था आउने बताए। तर यहाँबाट सिक्नुपर्ने उनको भनाइ छ। प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भूमिका राम्रोसँग दिइएको हुने तर आज त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीको भनाइ छ। उनले आजको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताए। यद्यपि, रोहितले राम्रो खेलेको उनको भनाइ छ। 

प्रकाशित: १६ वैशाख २०८१ १८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App