२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरामा अन्तर्राष्ट्रिय ट्रायथलन आजदेखि

फाइल तस्बिर

पोखरामा आजदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुँदै छ। नेपाल ट्रायथलन एसोसियसन (एनटिए) को आयोजनामा आजदेखि पोखरामा पुरुष तथा महिला ट्रायथलन एसिया कपको चौथो संस्करण तथा दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुन लागेको हो।

प्रतियोगिता कोरोनाका कारण हुन सकेको थिएन । यस वर्ष हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक  एनटिएले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गी जानकारी दिएको हो।

प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी कुल ६२ जनाले भाग लिने प्रतियोगिता संयोजक डिल्लीराज सुवेदीले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, उज्वेकिस्तान, कजाकस्तान, मरिसस, अस्ट्रेलिया, यूएई, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्यान्ड, लक्जम्बर्ग र टोगोका खेलाडीले सहभागिता जनाउने छन्।

प्रकाशित: १५ वैशाख २०८१ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App