२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आईपीएलमा आज हैदरावाद र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ।

हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

जारी सिजनमा सबैभन्दा कमजोर टोली बनेको बैङ्गलोर प्ले अफमा पुग्ने सम्भावना कमजोर छ। तर, पनि आजको खेल जित निकाल्दै आफ्नो इज्जत जोगाउन चाहन्छ। यसअघिको खेलमा हैदरावादले बैङ्गलोरलाई २५ रनले पराजित गरेको थियो। आजको खेलमा बैङ्गलोरले उक्त हारको बदला लिन चाहने छ।

हालसम्म ८ खेल खेलेको उसले ७ खेलमा हार व्यहोरेको छ भने एकमा मात्रै जित हात पारेको छ। र, अङ्क तालिकाको पुछारमा रहेको छ।

यस्तै हैदरवाद जारी सिजनमा राम्रो प्रदर्शन गर्दै आएको छ। हालसम्म ७ खेल खेलेको हैदरावादले ५ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। र, अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

हैदरावादका ट्रेविस हेड, भुवनेश्वर कुमार, टी नटराजनमाथि आजको खेलमा पनि सबैको नजर रहने छ भने बैङ्गलोरका कप्तान फा डु प्लेसिस, विराट कोहली, मोहम्मद सिराज र यश दयालमाथि पनि नजर रहने छ।

प्रकाशित: १३ वैशाख २०८१ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App