२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मिल्स गोल्डकप: गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मिल्स गोल्डकप ट्रस्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा प्रहरीले सिराहालाई टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो।

प्रहरीका लागि उज्ज्वल राई, सन्देश विक, विवेक राई र सुमित प्रधानले गोल गरे। गोलबजारका लागि विनोद राई र निरजल मोक्तानले गोल गरे। गौरव श्रेष्ठ र मीन धिमालको प्रहारलाई प्रहरीका गोलरक्षक पुरन राईले विफल पार्दै प्लेयर अफ द म्याच हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे।

खेलको बाह्रौँ मिनेटमा सिराहाका निशान्त लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए। डिबक्सभित्र सन्दीप लिम्बूले मिलाइदिएको पासमा निशान्तले गोल गरे। ४४औं मिनेटमा प्रहरीका रमेश राजवंशीले गोल गर्दै खेल बराबरी पारे। अभिषेक आले मगरले निकालेको पासलाई रमेशले गोल गरे।

अन्तिम २ मिनेट बाँकी छँदा सिराहाका विनोद राई गोल थप्दै टोलीको गोल संख्या दोब्बर पारे। सिराहाले गोल थपे लगत्तै प्रहरीका विवेक राईले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए।

प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेल सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) र झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लबबीच हुनेछ।

प्रकाशित: १० वैशाख २०८१ २०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App