२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फेरि भिड्दै मुम्बई र राजस्थान, कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

जारी सिजनको सबैभन्दा बलियो टोली राजस्थानले हालसम्म ७ खेल खेलेकोमा १ मा मात्रै पराजित भएको छ। ६ खेलमा जित हात पार्दै राजस्थान तालिकाको शिर्ष स्थानमा रहेको छ।

सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थान आजको खेलमा पाँच पटकको विजेता मुम्बईलाई हराउँदै आफ्नो शिर्षता कायम राख्न चाहन्छ। आजको खेलमा राजस्थानका रियान पराग, कप्तान सैमसन, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलमाथि सबैको ध्यान रहने छ।

यस्तै जारी सिजनमा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको मुम्बईको पछिल्लो खेलमा सुधारिएको प्रदर्शन गर्दैछ। हलसम्म ७ खेल खेलेको मुम्बईले जम्मा ३ खेलमा जित हात पारेको छ। र, अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ।

आजको खेलमा मुम्बईका रोहित शर्मा, सूर्यकुमार यादव, जसप्रित बुमराह, तिलक वर्मा र आकाश माधवलमाथि सबैको नजर रहने छ।

यसअघि मुम्बईसँगको खेलमा राजस्थान ६ विकेटले जितेको थियो भने आजको खेलमा मुम्बई आफ्नो हारको बदला लिन चाहन्छ। 

प्रकाशित: १० वैशाख २०८१ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App