२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित कार्की ढोली र प्राप्ति कार्की एसकेबिसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्।  

सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भए। एसकेबिसीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई अवार्डसहित पुरस्कृत गर्‍यो । वर्ष २०८० मा सुजितले १ अन्तर्राष्ट्रिय र ६ घरेलु प्रतियोगितामा स्वर्ण जितेका थिए। प्राप्तिले चार घरेलु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

उनीहरूलाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख रञ्जित डगौराले एक कार्यक्रमबीच ट्रफी र खेलपोशाक प्रदान गरी सम्मान गरे।

प्रकाशित: १० वैशाख २०८१ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App