२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जितबाट एभर्टनलाई राहत

एभर्टन आइतबार नटिङ्घम फरेस्टमाथि २–० को जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।

सिन डिचेको टोली एभर्टनले गोडिसन पार्कमा इद्रिसा गेएको गोलबाट पहिलो हाफमा अग्रता लिएको थियो। दोस्रो हाफमा ड्विट म्याकनेलले अर्को गोल थपे। त्यो गोल नै एभर्टनलाई यस सिजन प्रिमियर लिगको रेलिगेसन भयबाट केही समयका टाढा पुर्‍याएको छ। रेलिगेसनबाट बच्न संघर्षरत नटिङ्घममाथिकै जित एभर्टनका लागि महत्त्वपूर्ण रह्यो। फरेस्टले तीनवटा पेनाल्टी अपिल गरे पनि सफलता पाउन सकेन। लिगका पछिल्ला १६ खेलमा एभर्टनको यो दोस्रो जित हो। जितपछि एभर्टन रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले माथि उक्लिएको छ। प्रिमियर लिगमा अब एभर्टनले पाँच खेल खेल्न बाँकी छ।  

एभर्टनभन्दा रेलिगेसन क्षेत्रमा चार टोली क्रमशः नटिङ्घम १७औं स्थान, लुटन टाउन १८औं स्थान, बर्नली १९औं र सेफिल्ड युनाइटेड २०औं स्थानामा छन्। यी चारै टोलीले समान चार खेल मात्र खेल्न बाँकी छ। त्यसैले एभर्टनका लागि केही सहज छ। एभर्टनले प्रिमियर लिगको रेलिगेसनबाट बच्न संघर्ष गरेको यो लगातार तेस्रो सिजन हो। यद्यपि, सन् १९५४ यता एभर्टनले प्रिमियर लिग क्लबका रूपमा आफूलाई जोगाउँदै आएको छ। स्ट्राइकर बेटो चोटका कारण बाहिरिनु एभर्टनका लागि अर्को चिन्ताको विषय बनेको छ। उनी नटिङ्घमका मोर्गन गिब्स ह्वाइटसँग टाउको ठोकिँदा स्ट्रेचरबाट बाहिरिएका थिए।

लिगमा पछिल्ला ९ खेलमा एक मात्र जित निकालेको नटिङ्घमले भने रेलिगेसनबाट बच्न ठूलो संघर्ष गर्नुपर्नेछ। रेलिगेसन क्षेत्रबाट नटिङ्घम तीन अंकले मात्र माथि छ। दुई वर्ष अगाडि मात्र प्रिमियर लिगमा आएको नटिङ्घम रेलिगेसनबाट जोगिने प्रयासमा छ। प्रिमियर लिगमा डिचेको टोली एभर्टन पछिल्लो खेलमा चेल्सीसँग ६–० ले पराजित भएको थियो। उनले उक्त खेललाई करियरकै खराबको रूपमा प्रतिक्रिया दिएका थिए। यद्यपि, त्यसको एक हप्तामा नै डिचे एभर्टनलाई जित दिलाउन सफल भए। गेएले खेलको २९औं मिनेटमा नै गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए।  

सन् २०१७ पछि गेएको यो पहिलो प्रिमियर लिग गोल पनि हो। जोर्डन पिकफर्डले पनि नटिङ्घमका केही आक्रमण जोगाउँदै अग्रता बचाइराखे। यस क्रममा उनले क्रिस वुडको प्रहारलाई बिफल बनाए। यससँगै पहिलो हाफमा एभर्टनले अग्रता जोगायो। दोस्रो हाफमा गिब्स ह्वाइटले अवसर खेर फाले। यद्यपि, खेल सकिन १४ मिनेट बाँकी छँदा म्याकनेलले गोल गर्दै एभर्टनलाई महŒवपूर्ण जित दिलाए। यससँगै म्याकनेलले प्रिमियर लिगमा आफ्नो २००औं गोल पनि पूरा गरे। 

प्रकाशित: १० वैशाख २०८१ ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App