२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बैङ्गलोरलाई १ रनले हराउँदै कोलकोत्ता विजयी, पञ्जाबामाथि गुजरातको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स र गुजरात टाइटन्सले जित हात पारेको छ।

आइतवार सम्पन्न पहिलो खेलमा कोलकोत्ताले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई रोमाञ्चक १ रनले हराउँदै जित हात हासिल गर्‍यो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको कोलकोत्ताले निर्धारित ओभरमा ६ विकेट गुमाएर २२२ रन बनायो। २२३ रनको लक्ष्यसहित मैदान उत्रेको बैङ्गलोरलाई अन्तिम ओभरको अन्तिम बलमा ३ रनको खाँचो हुँदा २२१ रनमा आउट हुन पुग्यो र जितबात पनि बञ्चित भयो।

जारी सिजनमा बैङ्गलोरको यो लगातार छैटौँ हार हो र, उ अङ्क तालिकाको पुछारमा रहेको छ। यस्तै जितसँगै कोलकोत्ता फेरि एकस्थान माथि उक्लेको छ। हालसम्म ७ खेल खेलेको कोलकोत्ताले ५ मा जित हात पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।

आइतवार नै भएको अर्को खेलमा साविक उपविजेता गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ३ विकेटले पराजित गरेको छ।

मुल्लानपुर स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पञ्जाबले निर्धातिर ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो। १४३ रनको लक्ष्यसहित मैदान उत्रेको गुजरातले ५ बल बाँकी छँदै ७ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो।

गुजरातको जितका लागि नट आउट रहँदै राहुल तेबतियाले ३६ रन बनाउँदा कप्तान शुभमन गिलले ३५ रन जोडे। ज्बक िसाइ सुदर्शनले ३१ रनको योगदान गर्‍यो।

प्रकाशित: १० वैशाख २०८१ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App