२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एसीसी प्रिमियर कपको उपाधिका लागि आज युएई र ओमान भिड्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

मोहम्मदर वसिमको कप्तानीमा रहेको युएई गत सिजनमा उपाधि जित्नबाट चुकेको हुँदा आजको खेलमा जित निकाल्दै एसिया कप खेल्ने आफ्नो सपना पूरा गर्न चाहन्छ। लिगको पहिलो सिजनमा नेपालसँग पराजित भएको युएई यसपटक भने सेमिफाइनलमा नेपाललाई हराउँदै फाइनलमा पुगेको हो।

जिसान मकसुदको कप्तानीमा रहेको ओमान पनि एसिया कप खेल्ने आफ्नो सपना पूरा गर्न चाहन्छ। ओमानले सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनलको यात्रा गरेको हो।

आजको विजेता टोलीले सन् २०२५ मा हुने एसिया कप खेल्न पाउने छ। तर, नेपालको आगामी एसिया कप खेल्ने सपना भने अधुरै रह्यो। 

प्रकाशित: ९ वैशाख २०८१ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App