ओमानमा जारी एसिसि प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि हङकङविरुद्ध नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन्।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको थियो।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्।
नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११ मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ।
प्रकाशित: ८ वैशाख २०८१ १५:५६ शनिबार