१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साविक उपविजेता गुजरात कमजोर दिल्लीसँग पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले सानदार जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा साविक उपविजेता गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले सानदार जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको गुजरातले जारी सिजनमा सबैभन्दा कम रन बनाएर रेकर्ड नै कायम गर्यो। गुजरातले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ३ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ८९ रन बनाउन सक्यो। ९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरको ८ दशमलव ५ ओभर खेल्दै जम्मा ४ विकेटको क्षतिमा जित हासिल गर्यो।

जितसँगै दिल्लीले अङ्क तालिकामा ठूलो फड्को समेत मारेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको दिल्ली अब एकैपटक दुई स्थान माथि उक्लिँदै माथिबाट छैटौँ स्थानमा पुगेको छ भने पराजित गुजरात एक स्थान तल झर्दै सातौँ स्थानमा पुगेको छ।

एकपटकको विजेता समेत रहेको गुजरातका खेलाडीले दिल्लीविरुद्धको खेलमा खासै प्रदर्शन गर्न सकेनन्। राशिद खाले पारी सम्हाल्न खोजेपनि अन्य कुनैपनि खेलाडी दिल्लीका बलर समक्ष टिक्न सकेनन्। गुजरातलाई सस्तोमै समेट्न दिल्लीका मुकेश कुमारले सर्वाधिक ३ विकेट लिए भने ईशान्त शर्मा र ट्रिस्टन स्टब्सले समान २/२ विकेट हात पारे।यस्तै खलिल अहमद र अक्षर पटेलले समान १/१ लिए।

दिल्लीका जितका लागि भने ज्याक फ्रेजर म्याकगर्कले २० रन बनाउँदा साइ होपले १९ रन जोडे। नट आउट रहँदै कप्तान ऋषभ पन्तले १६ रन बनाउँदा अभिशेक पोरेलले १५ रन जोडे।

गुजरातका लागि सन्दीप वारियरले २ विकेट लिँदा स्पेनसर जोनसन र राशिद खानले समान १/१ विकेट हात पारे।

प्रकाशित: ६ वैशाख २०८१ ०६:१६ बिहीबार

आईपीएल सानदार जित इन्डियन प्रिमियर लिग क्रिकेट दिल्ली क्यापिटल्स गुजरात टाइटन्स