१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

साउदीविरुद्धको खेलमा गुल्सन बने ‘म्यान अफ द म्याच’

तस्बिर: क्यान ।

एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आज साउदी अरबसँग भएको खेलमा नेपालका अलराउन्डर गुल्सन झा ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।

आज भएको खेलमा आक्रामक ब्याटिङ गर्दै नेपाललाई जित दिलाउन सफल झा ‘म्यान अफ द म्याच’ बाट सम्मानित भएका हुन्। साउदीकाे १९ बल सामना गरेका उनले २ छक्का र २ चौकाकाे मद्दतमा नटआउट रहँदै ३२ रन बनाए।

नेपालको जितमा गुलशन झाको भूमिका महत्त्वपूर्ण रह्यो। आजको खेलमा उनी नायक साबित भए। 

गुलशनकाे आक्रामक ब्याटिङमा नेपालले साउदीलाई ६ विकेटले पराजित गर्याे। यो जितसँगै नेपालले समूह ‘ए’ बाट चारै खेलमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको छ।

टस हारेर ब्याटिङ गरेको साउदीले ८ ओभरको समाप्तिमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो। जुन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

वर्षाका कारण खेलमा ढिलाइ भएका कारण २० ओभरको खेल ८ ओभरमा सीमित गरिएको थियो।

प्रकाशित: ५ वैशाख २०८१ १७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App