१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले महिला एसिया कप खेल्ने, भारत र पाकिस्तान एकै समूहमा

नेपालले एसीसी महिला एसिया कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको हो।

यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो। उक्त खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै मलेसिया एसिया कपमा छनोट भएको थियो। तर, मंगलबार सार्वजनिक तालिकाअनुसार नेपालले एसिया कप खेल्ने निश्चित भएको छ।

एसीसीले दक्षिण एसियाली महिला क्रिकेटलाई प्रवर्धन गर्न र सहभागी संख्या बढाउन चाहेका कारण नेपालले एसिया कप खेल्ने अवसर पाएको बताइएको छ। जसका लागि नेपालले लविङसमेत गरेकाे थियाे।

महिला एसिया कपको नवौँ संस्करण श्रीलंकामा हुनेछ। प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’ मा छन्।

यस्तै, समूह ‘बी’ मा मलेसिया, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन्। नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसपछि नेपालले जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ।

प्रकाशित: १३ चैत्र २०८० १९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App