१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ७१ रनले विजयी

नेपालीले आयरल्यान्ड वुल्भ्सविरूद्धको टी–२० शृंखला क्लिन स्वीप गरेको छ।

सोमबार पहिलो खेलमा ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड वुल्भ्सलाई ७१ रनले पराजित गर्‍यो।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र जोड्न सक्यो।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए। उनले १३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मोर्गन टपिङ २१, केड कार्माइकल १८,रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए।

नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिए।

यसअघि नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १९८ रन बनाएका थियाे। नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे।

ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेर आउट भए।

अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे। कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए। 

अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेक यादवले नटआउट ७ रन जोडे। 

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो।

प्रकाशित: १३ चैत्र २०८० १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App