६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेटका लागि बेलायत धार्मिकस्थलः पूर्वकप्तान मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट खेलका लागि बेलायत एउटा धार्मिकस्थल भएको बताएका छन्।

गैरआवासीय नेपाली संघ यूकेद्धारा बुधवार अल्डरशटमा आयोजित सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै विश्वजगतले बेलायतलाई मक्का मदिना र पशुपति नाथ जस्तै धार्मिक स्थलको रुपमा हेर्ने गरेको बताए।

अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएर बेलायत आएका मल्लले बेलायती स्थित नेपाली समुदायको नयां पुस्ताले क्रिकेट खेलप्रति देखाएको अर्कषण र उनीहरुले लगावले आफूलाई थप हौसाल मिलेको बताए।

उनले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिए पनि बांकी जीवन नेपाली किक्रेटको विकासको लागि सर्मपण गर्ने प्रतिवद्धता जनाए। मल्लले बेलायतस्थित लर्ड किक्रेट मैदानमा नेपाली खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नको लागि आवश्यक पहलकदमी लिन एनआरएनए यूकेलाई आग्रह समेत गरे। उनी गत सोमबार बेलायतको मिडल्यान्डमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रुपमा  सहभागी भएका थिए।

संघका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले गैरआवासीय नेपाली संघको अभियानमा बेलायतस्थित गैरआवासीय नेपालीहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन्। उनले  एनआरएनए बेलायतसँग बेल्जियमले सहकार्य गरेर अघि बढ्न चाहेको बताउदै संघभित्र नयाँ पुस्ता र  प्रविधिमैत्री हुनु पर्नेमा जोड दिइन्।

कार्यक्रममा मल्ललाई अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुरले प्रमाणपत्र तथा खादाले सम्मान गरेका थिए। डा.विशाल गुरुङले संचालन गरेको सो कार्यक्रममा एनआरएनए आइसीसी (केन्द्रीय) सदस्य दिलराज गुरुङले गैरआवासीय नेपाल संघले नेपाली खेलजगतको लागि सधै सहयोग गर्दै आएको र, अगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: २५ श्रावण २०८० ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App