६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अरुण ३ का जोखिमका बस्ती सारिने

संखुवासभा-संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाबाट १४ घर जोखिममा परेका छन्। आयोजनाको ड्याम साइड निर्माण स्थल मकालु गाँउपालिका ३ मा रहेको नयाँ बस्ती जोखिममा परेको हो। सुरुङ निर्माणका क्रममा बस्ती मुनिका चट्टान फुटाउँदा र चट्टान फोर्न विस्फोटक पदार्थ पड्काउँदा जमिन चिरिएर पहिरो जानसक्ने स्थितिमा पुगेकाले जोखिम बढेको आयोजनाले जनाएको छ।

आयोजनाले निमार्ण कार्य गर्दा अन्य क्षेत्रमा पनि असर पुग्ने र मानवीय क्षति हुन सक्ने भएपछि बस्तीलाई सुरक्षित स्थानमा सार्न लागेको छ। निर्माण कार्यका कुनै पनि बेला पहिरो जाने र मानवीय जोखिम बढ्ने भएकाले गाँउपालिका कार्यालय र स्थानीयले सुरक्षित स्थानमा सारिनु पर्ने माग सतलज कम्पनीलाई पटक–पटक गराउँदै आएका थिए।

बस्तीका १४ घर परिवार मध्ये दलबहादुर राई, मेघराज राई, नरेस राई, रुकमान राई र मेघनाथ राईको घर पूर्ण विस्थावितमा परेको गाँउपालिकाकि उपाध्यक्ष चमेली  राईले बताइन्। यी ५ परिवारलाई मुआब्जा दिएर स्थायी रुपमा सारिने छ। तर ९ घर परिवारलाई तत्कालका लागि आवास निमार्णमा लाग्ने खर्च उपलब्ध गराउने र स्थानान्तरण गरिने छ भने आयोजनाको निमार्ण कार्य सकिएपछि उनीहरु सोही स्थानमा बस्न सक्ने छन्। सो बस्तीका जमिन आयोजनाले आवश्यकता अनुसार मुआब्जा दिएर अधिग्रहण गर्ने जनाएको छ।

निमार्ण कार्यले असर पर्ने सम्भावित क्षेत्रमा सतलज कम्पनि र लगानी बोर्डले चिचिला र मकालु गाँउपालिकाका अध्यक्ष सहितको टोली लिएर साउन ३१ बाट अनुगमन सुरु गरेको छ। यसअघि नै पावरहाउस निर्माण स्थल जाने अरुण तेस्रो प्रवेशमार्गबाट ५ घर विस्थापित भईसकेका छन् तर उनीहरुले अहिलेसम्म क्षतिपुर्ति पाएका छैनन्।

 

 

 

प्रकाशित: २ भाद्र २०७५ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App