१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट एक गोठालाको मृत्यु

मकवानपुरको मनहरीमा जंगली हात्तीको आक्रमणबाट एक गोठालाको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका– ६ प्रतापपुर बस्ने ५५ वर्षका कालेबहादुर राईको मृत्यु भएको हो। 

राईलाई बिहीबार हात्तीले आक्रमण गरेको थियो। बिहीबार बिहान १० बजे मनहरी– ६ स्थित चितवन राष्ट्रिय निकुञ्जको जंगलमा राईसहित तीनजना भैँसी चराउन गएकोमा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

हात्तीले आक्रमण गर्दा राईको मृत्यु भएको र अरू भागेर बाँच्न सफल भएका थिए। गोठाला गएका अन्य मानिसहरूले घटनाबारे निकुञ्ज सुरक्षार्थ खटाइएको नेपाली सेनाको नयाँ सबुज गण बंकर पोस्ट सुनाचुरी मकवानपुरमा जानकारी गराएको प्रहरीले बताएको छ। 

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोलीले इलाका प्रहरी कार्यालयल मनहरीमा शुक्रबार खबर गरेपछि गएको प्रहरी टोलीले मृतक राईको शव ल्याई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको जानकारी दिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित: ४ जेष्ठ २०८१ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App