७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कवाडी गोदाममा काठमाडौं महानगरको डोजर

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित कवाडी गोदाममा डोजर चलाएको छ।

बिहीबार अनामनगरस्थित कवाडी गोदाम जनप्रतिनिधि र महानगर प्रहरी बलले डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो।

गोदाम खाली गर्न पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर प्रयोग गरेर हटाउनुपरेको महानगर प्रहरीले जनाएको छ।

बस्तीका बीचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले त्यसलाई हटाउने कार्यलाई तीव्रता दिएको हाे।

प्रकाशित: २७ वैशाख २०८१ १९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App