७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते

जिल्ला अस्पताल दैलेखमा उपचार गराइराखेका घाइतेहरुको अवस्था बुझ्दै दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललगायत सुरक्षा अधिकारी। तस्बिर : नागरिक

 दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते भएका छन्।

जिल्लाको उत्तरी भेकमा रहेको नौमुले गाउँपालिका ६ स्थित शिवशक्ति माध्यमिक विद्यालयमा चट्याङ लागेर दुईजना शिक्षक प्रेमबहादुर चन्द र रमेशसिंह ठकुरी, विद्यार्थीहरु १३ वर्षीया लक्ष्मी गुरुङ, ९ वर्षीय विश्वविकास रावत र ९ वर्षकै यामबहादुर चन्द रहेका छन्।

उनीहरुलाई बुधबार दिउँसो विद्यालयमै चट्याङ लागेको थियो। उनीहरुको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

जिल्ला अस्पतालमा उपचार गरिरहेका दुई विद्यार्थीमा लक्ष्मी गुरुङ र विश्व विकास रावत रहेका छन्। उनीहरुको कोखमा चोट देखिएको छ।

जिल्ला अस्पतालमा उपचार गरिरहेका दुई विद्यार्थीको अवस्था सामान्य हुँदै गइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

प्रकाशित: २७ वैशाख २०८१ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App