६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धुवाँ देखिएको कतार एयरको जहाज परीक्षणपछि उड्ने तयारीमा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजको प्राविधिक परीक्षणपछि उडानकाे तयारी गरिएको छ।

कतार एयरवेजको ६५३ उडान नम्बरको जहाज बिहान ११ः४५ बजे उड्ने तालिका थियो। तर जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको थियो।

जहाजलाई पार्किङ बेबाट पुस ब्याक गर्दा एक्जिलरी पावर युनिट (एपीयू) मा धुँवा देखिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

अहिले जहाज प्राविधिक रूपमा ठिक रहेको र अब उड्न तयार भएको उनले बताए। जहाजमा ३ सय १८ यात्रु सवार छन्।

प्रकाशित: २४ वैशाख २०८१ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App