४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

९ दिनदेखि बेपत्ता वृद्धा मृत फेला

९ दिनदेखि बेपत्ता भएकी एक वृद्धा बिहीबार मृत अवस्थामा भेटिएकी छन्। ताप्ली गाउँपालिका-३ इनामेकी ६१ वर्षीया दिलकुमारी मगर मृत फेला परेकी हुन् । त्रियुगा नगरपालिका ३ भुल्केस्थित सामुदायिक वनको मौवाखुन खोला जङ्गलमा मृत भेटिएको बताइएको छ। 

मृत फेला परेकी मगर कसैलाई नभनी एक्कासी घरबाट सम्पर्कविहीन भएकी र घर नफर्केपछि प्रहरीमा उजुरी दिएर उनको खोजी कार्य भइरहेको थियाे। खोजी गर्दा कहीँकतै नभेटिएपछि उनको तस्विर टाँसेर खोजी कार्य भइरहेको स्थानीय ढकालले बताए। 

एक्कासी बिहीबार स्थानीयले घाँस दाउरा काट्न वनमा जाँदा बृद्धा महिला मृत अवस्थामा फेला परेकी हुन्। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरीको टोली त्यहाँ गएको स्थानीय यदु ढकालले बताए। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी राजन चापागाईका अनुसार मृतकको बायाँ पाखुरामा स्यालले लुछेर घाउ बनाएको थियो। शव सड्न लागेको अवस्थामा भेटिएको उनको भनाइ छ। 

गर्मीका कारण २–३ दिनअघि नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान छ।  घटनास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि आफन्तसहित जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भैइरहेको छ। 

प्रकाशित: २० वैशाख २०८१ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App