वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा आक्रामक रुपमा ब्याटिङको सुरुवात गरेका नेपालका गुल्शन झा ११ बलमा २६ रन बनाएर आउट भएका छन्। १० बलमा आक्रामक २६ रन बनाएर गुल्शन पनि पेभेलियन फर्किएका हुन्। क्यारेबियन कप्तान रोस्टन चेसले उनलाई आउट गरे।
एकपछि अर्को गर्दै पाँच विकेट गुमाएपछि वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको मध्यम स्कोर पछ्याएको नेपाल चर्को दबाबमा परेको छ।
नेपालले पहिलो विकेटका रुपमा २ रनको योगदान दिएका कुशल भुर्तेललाई गुमाएको थियो। त्यसपछि क्रिजमा आएका अनिल साह एक रनमै आउट भए। त्यसपछि ओपनर आएर रिटायटए हर्ट भएका लोकेश बम पनि १७ रनमै आउट हुन पुगे।
चौथो विकेटका रुपमा कुशल मल्ल रनआउट भएका थिए। हाल १० ओभरको खेल चलिरहँदा नेपाल ५ विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ। क्रजमा कप्तान रोहित पौडेललाई साथ दिन आरिफ शेख आएका छन्।
प्रकाशित: १६ वैशाख २०८१ १४:५८ आइतबार