२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हावाहुरीले घरको छानो उडाउँदा ४० परिवार विस्थापित

क्याप्शन

आज यहाँ आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ।

गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढ एक बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर-६ का सदस्य कलक चदाराले जानकारी दिए।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हावाहुरीले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताए। बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले सुनाए।

घर निर्माण भएको एक महिना बित्न नपाउँदै हावाहुरीले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिए। आधाघण्टा बढी समय चलेको हावाहुरीले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ। रासस

प्रकाशित: १५ वैशाख २०८१ १९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App