२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बन्दुक बोक्न तम्सिएकी देवी खड्का नागरिक नायक घोषणा

कुनै समय देश बदल्न राजनीति प्रणाली बदल्नुपर्छ भन्ने विश्वासले बन्दुक बोक्न तम्सिएकी दोलखाकी देवी खड्का नागरिक नायक २०८१ भएकी छिन्।

मंगलबार ललितपुरको पाटनदरबार स्क्वायर क्षेत्रमा आयोजित एक औपचारिक कार्यक्रममा ‘नागरिक नायक २०८१’ बाट सम्मान गरिएको हो।

द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्ष दुवैतर्फबाट बलात्कारका सिकार हुने महिला तथा पुरुषहरुको पहिचान गर्ने, तिनलाई शारीरिक तथा मानसिक उपचार गर्ने मात्र नभएर कानुन नै बनाएर उनीहरुलाई पनि पहिचान दिने कार्यमा विगत आधा दशकदेखि सक्रिय भूमिका निभाए उदाहरणीय बनेकी खड्कालाई नेपाल रिपब्लिक मिडियाले नागरिक नायक २०८१ बाट सम्मान गरेको हो।  

कुनै समय देश बदल्न राजनीतिक प्रणाली बदल्नुपर्छ भन्ने विश्वासले बन्दुक बोक्न तम्सिएकी खड्का पछि सुरक्षाकर्मीबाट पक्राउ परेकी थिइन्। उनलाई एक महिनासम्म बेपत्ता पारिएको थियो। सुरक्षाकर्मीबाट बलात्कारको शिकारसमेत भएकी खड्का २०६२/६३ को आन्दोलन सफल भएपछि राजनीतिमा सक्रिय रहँदै दोलखाबाट सांसदसमेत चुनिएकी थिइन्।  

प्रकाशित: ११ वैशाख २०८१ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App