२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवनमा तने बोडीमा २९ प्रतिशतसम्म विषादी

चितवनमा तने बोडीमा विषादीको अवशेष धेरै भेटिएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको विषादी परीक्षण प्रयोगशालामा गरिएको जाँचमा अन्य वस्तुमा भन्दा तने बोडीमा विषादी अवशेष बढी भेटिएको हो।

कृषि विकास कार्यालय चितवनका प्राविधिकि सहायक नवराज पण्डितका अनुसार तने बोडीमा विषादीको अवशेष २९ प्रतिशत रहेको छ। तर, यो विषादीको अवशेष खान मिल्ने उनले बताए।

‘हामीले तने बोडी खाएर मानिस बिरामी भए भन्ने हल्ला सुनेका थियौँ। तीन दिन अगाडि बोडी परीक्षण गर्दा २९ प्रतिशत बिषादी पाईयो’, उनले भने ‘यो मात्रा खतरा होइन खान योग्य नै हो ।’ ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएमा तरकारी क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा माथि विषादी भएमा त्यस्तो तरकारी नष्ट गर्नुपर्ने हुन्छ।

प्राविधिक सहायक पण्डितले भारतबाट आएको तरकारीको विषादी परीक्षण गर्न नपाइने बताए। उनले भने, ‘भारतबाट आएको तरकारीको विषादी परीक्षण गर्न पाइँदैन।

हाटबजारको बोडी खाएर बिरामी भए भन्ने समाचार सुनेको हो। हाटबजारको तरकारी पनि परीक्षण गरिएको हुँदैन।’ प्रयोगशालामा क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारबाट नमुना लिएर परीक्षण गरिन्छ।

प्रकाशित: ८ वैशाख २०८१ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App