२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालत आदेश दिएको छ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन्। अदालतले थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो। ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो। सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए।

प्रकाशित: ७ वैशाख २०८१ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App