२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक सातापछि सञ्चालनमा आयाे अवरुद्ध टेलिफोन सेवा

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ।

दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले बताए।

गत चैत २७ गते भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लचिडाँडामा राखिएको टावरमा चट्याङले बिगारेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो।

ब्याट्री ब्याकअप, उपकरण र टावरका सामग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो। टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला वडा नं २ र ३ का  हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौं गाउँका बासिन्दा लाभान्वित भएका छन्।

विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारका भरमा चल्ने गरेका छन्। प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो। उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ।

विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको छ। विद्युत् नभएका कारण बर्खायाममा भोटखोलाको टेलिफोन सेवा घामसँगै बन्द हुने गरेको छ। विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमका भरमा सेवा पाउने गरेका छन्।  

प्रकाशित: ७ वैशाख २०८१ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App