२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वनमा लागेको आगो गाउँ पस्दा दुई वटा घर जलेर नष्ट

बैतडीमा दुई घरमा आगलागी भएको छ। बिहीबार साँझ वनमा लागेको आगो घरमा सल्किदाँ पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

आगलागीबाट घरभित्र रहेका काठ, भाडावर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरी अनुमानित ५ लाख बराबरको समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै,मानवीय तथा पशुचौपायामा भने कुनै क्षती नभएको बताइएको छ।  प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ।

प्रकाशित: ७ वैशाख २०८१ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App