१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लैनचौर ब्यांक्वेटमा प्रशासनले लगायो ताला

नेपाल स्काउटको जग्गा लामो समयदेखि कब्जा गरेर बसेको खड़्काल्याण्ड डेभलपमेण्ट प्रा.लि द्वारा सञ्चालित लैनचौर ब्यांक्वेटमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र प्रहरीले सिलबन्दी गरेको छ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काद्वारा जग्गा अनधिकृत रूपमा हडपेर सञ्चालित साे ब्यांक्वेटमा प्रशासनले बिहीबार सिलबन्दी गरेको हो।

सांसद खड्काले सत्ता र पहुँचकै भरमा सरकारका सम्पूर्ण संयन्त्रलाई दबाबमा राखेर स्काउटको जग्गा कब्जा गरी अनधिकृत रूपमा भाडा उठाउँदै आएका थिए।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खड्काले २०६५ सालमा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका नाममा नेपाल स्काउटको तीन रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका थिए। करार अवधि २०७५ सालमै सकिए पनि उनले बाँकी रहेको भन्दै जग्गा भोगचलन गर्दै आएका थिए।

खड्काले लैनचौर ब्यांकेट र च्वाइस रेस्टुरेन्ट यही जग्गामा सञ्चालन गरेका थिए। उनले स्काउटकै थप ९ रोपनी जग्गासमेत अनधिकृत रूपमा प्रयोग गरिरहेका थिए।

राजनीतिक प्रभावमा खड्काले ४८ वटा सटर भएको स्काउटको व्यावसायिक भवनसमेत १५ वर्षदेखि भाडामा लगाइरहेका थिए।

प्रकाशित: ६ वैशाख २०८१ २२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App