२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डिस मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर

डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धरले यसै वैशाख ३ गतेदेखि कार्यभार सम्हालेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उनले यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतमा नेतृत्वदायी भूमिकामा काम गरेका थिए।

मानन्धरले व्यवस्थापनलाई सुदृढ बनाउँदै प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने कम्पनीले विश्वास लिएकाे छ।

डिसहोमले ग्राहकलाई विभिन्न उत्कृष्ट च्यानलसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। तीन वर्षअघि नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरणका लागि अनुमति लिएको डिसहोम हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बनेको छ।

प्रकाशित: ४ वैशाख २०८१ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App