२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निजगढमा सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, ४ जना गम्भीर घाइते

निजगढ नगरपालिकाको निजगढ बजारमा भएको ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा फलाम वेल्डिङ गर्ने पसलका संचालक रेशम मगर रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधीराम न्यौपानेले बताएका छन्।

दिउँसो १: ३० बजे तिर फलाम वेल्डिङ गर्दै गर्दा विस्फोट भएको र घटनाको बारेमा थप कुरा बुझ्ने काम भइरहेको उनले बताए। घाइतेहरूको निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।

घाइते हुनेमा निजगढ-५ का सूर्य बहादुर थापा, भारत बिहार गवाही बस्ने राकेश जैसवाल, बिहारकै रामगढ्वा बस्ने अरबिन्द साह, स्थान खुल्न नसकेको रितु रजत रहेको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए।

प्रकाशित: १४ फाल्गुन २०८० १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App