२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खनाल-नेपाललाई ओलीको जवाफ : काम गर्न अर्को कार्यकाल चाहिने?

काठमाडौं— एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गुटबन्दी नगरेको प्रस्टिकरण दिएका छन्। शुक्रबार ११ बजेदेखि सुरु भएको कन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीले माधव नेपाल तथा झलनाथ खनाल लगाएकाे संस्थागत गुटबन्दी अाराेपकाे कडा शब्दमा प्रतिवाद गरेका हुन्।

नेपाल र खनाललाई लक्ष्यित गर्दै ओलीले आफूलाई फर्कीफर्की पुरानो पदमा जान इच्छुक नरहेको उल्लेख गरे। लामो समय पार्टीको नेतृत्व गरेका माधवकुमार नेपाल फेरि अध्यक्षका आकांक्षी देखिएको तर्फ उनले व्यंग्य गरे। 'मलाई फर्कीफर्की पुरानो पदमा जानु छैन। त्यसैले गुटबन्दी गरिरहनु पनि छैन। पद दिएको बेला अनुभव हासिल गरिरहने, कामको लागि अर्को कार्यकाल चाहिने?', अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एमाले नेता विष्णु रिमालले ट्विट गरेका छन्।

बिहीबारको केन्द्रीय कमिटी बैठकमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टीभित्र अध्यक्ष ओलीबाटै संस्थागत गुटबन्दी भएको आरोप लगाएका थिए। उनीहरुले पार्टी कार्यालय र सरकार दुवैबाट गुटको मात्रै काम भएको आरोप लगाएका थिए। उनीहरुले आफू पक्षधर प्रतिनिधिहरुलाई प्रधानमन्त्रीले विदेश भ्रमणमा समेत नलगेको गुनासो पोखेका थिए।

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सुरु भएको नेता नेपालको आलोचना पार्टी र सरकार सञ्चालनको तरिकामा पुगेर सकिएको थियो। यी सवालबारे अध्यक्ष ओलीले शुक्रबार जवाफ दिएका हुन्।

प्रकाशित: ३ वैशाख २०७३ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App