८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गगनलाई रविको चुनौती: मैले ऋण लिएको प्रमाणित भए राजनीति छोड्छु नभए तपाईं तयार हुनु

उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछाने कांग्रेस महामन्त्री गगन थापालाई निवेदन दिएर ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका छन्।

उनले प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफूले ऋण लिएको प्रमाणित भए राजनीति छोड्ने र प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्दै प्रश्न गरेका छन्। 

उनले भने, 'आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?'

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा गगन थापाले आफूसंग गृहमन्त्रीले एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्रमाणहरु रहेको बताएका थिए।

'गृहमन्त्रीमाथि कुनैपनि अभियोजन भएको छैन, कुनै पनि अनुसन्धान भएको छैन। सम्माननीय प्रधानमन्त्रीज्युले यहाँ उभिएर बोल्नुभएको छ। झुट बोल्नेरु महान्यायाधिवक्ताको कार्यालयलाई झुट बोल्न लगाउनेरु त्यही प्रहरी कार्यालय रुपन्देहीको गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएको प्रमाणहरु छन्। आफैँले माग फारम भरेर सहभागीबाट लिएको ऋणको प्रमाण पेश गरौरु एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्र्रमाणहरु पेश गरौंरु कतिवटा प्रमाणहरु पेश गरौं। मैले पेश गरेका प्रमाणहरु गलत हुन भनेर सावित गर्ने कुरा संसदीय समितिबाट कति मज्जा आउँथ्यो होला। गलत सावित गरिदिनुस्न मलाई। गलत सावित गरिदिनुस्न नेपाली काँग्रेसलाई,' उनले भने थिए।

प्रकाशित: २८ वैशाख २०८१ १८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App