८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद्मा गंगनको प्रश्न: गृहमन्त्रीले एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरु पेश गरौं ?

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीले एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्रमाणहरु रहेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगनकुमार थापाले गृहमन्त्रीले एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्रमाणहरु पेश गरौं भन्दै प्रश्न गरेका हुन्।

उनले भने, 'गृहमन्त्रीमाथि कुनैपनि अभियोजन भएको छैन, कुनै पनि अनुसन्धान भएको छैन। सम्माननीय प्रधानमन्त्रीज्युले यहाँ उभिएर बोल्नुभएको छ। झुट बोल्ने? महान्यायाधिवक्ताको कार्यालयलाई झुट बोल्न लगाउने? त्यही प्रहरी कार्यालय रुपन्देहीको गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएको प्रमाणहरु छन्। आफैँले माग फारम भरेर सहभागीबाट लिएको ऋणको प्रमाण पेश गरौ? एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्र्रमाणहरु पेश गरौं? कतिवटा प्रमाणहरु पेश गरौं। मैले पेश गरेका प्रमाणहरु गलत हुन भनेर सावित गर्ने कुरा संसदीय समितिबाट कति मज्जा आउँथ्यो होला। गलत सावित गरिदिनुस्न मलाई। गलत सावित गरिदिनुस्न नेपाली काँग्रेसलाई।'

प्रकाशित: २८ वैशाख २०८१ १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App