८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बर्खे अधिवेशनको सुरुवातमै झमेला

प्रतिनिधिसभाको बर्खे अधिवेशनको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरोध गरेको छ।

सभामुख देवराज घिमिरे बैठक सुरु गरेर राष्ट्रपति कार्यालयको पत्र पढ्ने कार्यसूची सुरु गर्न खोज्दा कांग्रेसका सांसदहरूले बसेको स्थानबाट उभिएर बैठक अवरुद्ध गरेका हुन्।

केहीबेरपछि सभामुख घिमिरेले कांग्रेसका सांसद गगनकुमार थापालाई बोल्न समय दिएका थिए। थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबने बैठक अघि बढ्न नसक्ने बताएका थिए।

लगत्तै सभामुखले कांग्रेसकै अवरोधकै बिचमा राष्ट्रपति कार्यालयको पत्र पढ्ने कोसिस गरेका थिए। त्यसपछि कांग्रेस सांसदहरू अगाडि बढेर नाराबाजीसहित बेल घेर्न आएका छन्।

त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। 

प्रकाशित: २८ वैशाख २०८१ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App