प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन्। आज बिहानदेखि उनको दाँत दुख्न थालेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ।
‘प्रधानमन्त्री ज्युले बिहानैदेखि दाँत दुख्न थालेपछि सरकारी अस्पताल नै जान्छु भन्नुभयो, त्यस्तै हामीले वीर अस्पताल ल्याएका छौं। चिकित्सकको टोलीले उहाँको दुवैतिरको दाँतको एक्स-रे गरेर हेर्दै हुनुहुन्छ।’ प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिक न्युजसँग भने।
प्रकाशित: २६ वैशाख २०८१ १८:१६ बुधबार